विराटनगर, २२ बैशाख/ विराटनगर – १० (साविक) १३ मा रहेको कोवास कलेजले कक्षा १२ का विज्ञान तथा व्यस्थापन संकायका ४ सय ५५ जना विद्यार्थीहरुलाई आज विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्ययनरत दुवै संकायका २२ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।
कार्यक्रममा कलेजका कलेजका प्राचार्य सुनिलकुमार श्रेष्ठ, कलेजका निर्देशकहरु सञ्जय न्योपाने,ज्ञानेश्वर साह, योगेन्द्र दास र नितेस झालगायतले विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए । विदाई कार्यक्रमको सभापतित्व कलेका अध्यक्ष प्रा.डा. रमेश अधिकारीले गरेका थिए । कलेजका विद्यार्थी एलिस अली, अविशेक यादव र रन्जु कोइरालालगायले कलेजका वितेको अनुभव सुनाएका थिए ।