सुशिला कार्कीलाई लगाएको महाअभियोगको विषयमा नेपाल बार एशोसिएसन मुकदर्शक बनेको भन्दै आपत्ति जनाए
पूर्वाञ्चल खबर
२२ बैशाख २०७४, शुक्रबार १५:०७
3
Shares
फाइल तस्वीर
बिनु तिम्सिना
विराटनगर, २२ बैशाख / उच्च अदालत बार एशोसिएसन विराटनगरले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्तावका विषयमा नेपाल बार एशोसिएसन मुकदर्शक बनेको भन्दै आपत्ति जनाएको छ ।
उच्च अदालत बार एशोसिएसन विराटनगरले आज विराटनगरमा प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाएको महाअभियोग प्रस्तावविरुद्ध हस्ताक्षर संकलन गर्दै यस विषयमा बारको केन्द्रीय समितिले कुनै प्रतिक्रिया नजनाएको भन्दै आपत्ति जनाएको हो ।
उच्च अदालत बार एशोसिएसन विराटनगरका अध्यक्ष लिलाबल्लभ अधिकारीले न्यायालय माथिको ठाडो हस्तक्षेपमा समेत नेपाल बार एशोसिएसन मुक दर्शक बनेको बताए । बारले आफ्नै कार्यालयमा राखेको हस्ताक्षर संकलन ब्यानरमा उच्च अदालत बारमा आबद्ध २० भन्दा बढि कानुन व्यवसायिहरुले हस्ताक्षर गरेका थिए ।
बारले न्यायलयमाथिको राजनैतिक हस्तक्षेप बन्द गरी महाअभियोग प्रस्ताव फिर्ता लिन, स्वतन्त्र न्यायपालिकाको रक्षा गर्न र शक्ति पृथकिकरणको सिद्धान्त लागु गर्न समेत माग गरेको छ ।