‘श्रमजिवि ऐन कार्यान्वयन नहुँदा अधिकार सुनिश्चत भएन’
पूर्वाञ्चल खबर
२२ बैशाख २०७४, शुक्रबार १४:४४
3
Shares
विराटनगर, २२ वैशाख / नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजिवि ऐन प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा अझैपनी पत्रकारहरुको पेशगत र हक अधिकार शुनिश्चित हुन नसकेको वताए ।
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सीलको आयोजनामा आज विराटनगरमा भएको पत्रकार आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आचार संहिता प्रभावकारी कार्यान्वयन आवश्यक रहेको वताए ।
उनले सरकारले आम सञ्चार निती ल्याएपनी त्यो कार्यान्वयनमा आउँन नसक्ने भन्दै आमसञ्चार निती तत्काल कार्यान्वयन हुुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी सचिव संगीता खड्काले आचार संहिता कार्यान्वयन गर्न सचारकर्मीहरुलाई आग्रह गरीन् । प्रेस काउन्सीलका अधिकृत रमतुला मिश्र, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल, वरिष्ठ पत्रकार मोहन भण्डारी, नेपाल पत्रकार महासंघ मोरङका निर्वतमान अध्यक्ष महेन्द्र विष्ट तथा दिपेन न्यौपानेले आचार संहिताको प्रभावकारी कार्यान्वयमा जोड दिए ।