CLASSICTECH NET

उन्नत जातका टमाटरमा कृषकको चासो

खबर पूर्वाञ्चल, २१ बैशाख २०७४, बिहीबार १९:०६
फाइल तस्वीर
बिनु तिम्सिना
विराटनगर, २१ बैशाख/ मोरङका कृषकहरु उन्नत जातका टमाटर खेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुने र बजारको अभाव पनि नरहेकाले किसानहरु टमाटर खेतीतर्फ आकर्षित भएका हुन् ।
अन्य बाली या तरकारी भन्दा मेहेनत धेरै लागेपनि टमाटरबाट उत्पादन र आम्दानि समेत बढि हुने भएकाले जिल्लाका कृषकहरु टमाटर खेती तर्फ आकर्षित भएका छन् ।
जिल्ला कृषि विकास कार्यालय मोरङमार्फत सरकारले टमाटरलगायतका खेतीका लागि कृषि तथा यान्त्रिक खरिदमा अनुदान उपलब्ध गराएपछि किसानहरु थप उत्साहित भएको देखिन्छ ।
कोशी–हरैचा–६ बस्ने किसान कृष्णकुमार श्रेष्ठले ९ कठ्ठा जग्गामा गौरब जातको टमाटर लगाएका छन् । असोज महिना देखि नै टमाटर बिक्रि गर्न सुरु गरेकाले हुलाले पाँच लाखको टमाटर बिक्रि गरिसकेको बताए ।
राम्रो संग टनेल लगाएर टमाटर खेति गर्ने हो भने अरु खेती भन्दा टमाटरबाट राम्रो आम्दानि गर्न सकिने उनले बताए । मोरङमा यस बर्ष चार सय हेक्टरमा टमाटरको खेती गरिएको छ ।
सो मध्ये कोशीहरैचा, कटहरी लगायतका क्षेत्रमा व्यवसायिक ढङ्गले उन्नत जातका टमाटरको खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत काशीकुमार चौंधरीले बताए ।
मोरङमा ९० प्रतिशत हाब्रीड जातको टमाटर खेती हुने गरेको छ । त्यसमा पनि तराइको क्षेत्रमा गौरब, पृथ्वी, अभिनास २, मनिसा जातको र पहाडि क्षेत्रमा सिर्जना, त्रीसुल, एन एकसय ६२, अलराउण्डर लगायतको जातका टमाटरको खेती बढि मात्रामा गरिने कार्यालयले जनाएको छ ।हाइब्रीड जातको टमाटर एक कठ्ठामा पाच सय देखि सात सय वटा बोट लागउन सकिन्छ ।
एक बोट बराबर कम्तीमा पनि २० किलो टमाटर उत्पादन हुने र एक कठठमा कम्तीमा पनि पाच हजार किलो टमाटर उत्पादन गर्न सकिने चौधरीले बताए । उनले भने,“ टमाटर खेतीमा फाइदा नै फाइदा छ तर कृषकहरुले माटो र मलको व्यवस्थापन र अहिले मोरङको तराइका क्षेत्रमा टमाटर सकिन लागेको र उच्च तथा मध्य पहाडि क्षेत्र पाटि, केराबारी, याङ्सीलामा टमाटरको खेती सुरु भएको छ ।’ यस वर्ष मोरङमा एक हजार हेक्टर क्षेत्रफलमा टमाटर खेती गरिएको छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५