विराटनगर, २१ बैशाख / विराटनगर – ९ (साविक–१४) मा रहेको ग्रिल्याण्ड कलेजले परीक्षा सकेका कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई विहीबार एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।
नयाँ व्यवस्थापनमा सञ्चालन भएको कलेजका दोस्रो ब्याचको ४ सय २५ जना अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसान र उच्चमावि शिक्षा परिषदबाट लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरेको छ ।
कार्यक्रममा कलेजका निर्देशकहरु दिनेश दाहाल राजिव मिश्रा, शिवनारायण यादब, हरी धमला, रविन्द्र घिमिरे र पुरुषोतमराज कार्की कलेजका पूर्व प्रिन्सिपल प्रदिप निरौला र कलेजका प्रिन्सिपल दिपक पोखरेललगायतले शुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेका थिए । सोही अवसरमा कलेजबाट विदाई हुन लागेका विद्यार्थी स्तुती कार्की, सुनिल भट्टराई, उज्वल उपाध्याय र सुरज तिमल्सेनालगायतले कलेजमा दुई बर्र्ष वितेका अनुभव सुनाएका थिए ।