विराटनगर, २० बैशाख / २२ केजी गाँजा सहित मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधवार बिहान विराटनगर– हाटखोलाबाट २२ केजी गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
को १ ह ६१७३ नम्बरको सिटी रिक्सामा हालेर लैजादै गर्दा प्रहरीले गाँजासहित मोरङ जहदा गाउपालिका ३ का २० बर्षिय जितेन ठाकुर र सोही ठाउका ज्योतिषकुमार राजबंशीलाई पक्राउ गरेको हो ।
दुवैले सुटकेसमा प्याक गरेको अवस्थामा गाँजा फेला पारेको हो । गाँजा सहित पक्राउ परेका ठाकुर र राजवंशीसँगै रिक्सा चालक नारायण राजवंशीलाई नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कारवाही प्रकृया अघि बढाइएको छ । यस अघि मोरङ प्रहरीले बिभिन्न मितिमा ५२ केजी चरेश सहित मानिसलाई पक्राउ गरेको थियो ।