विराटनगर, १९ बैशाख । अखिल नेपाल महिला संघ मोरङले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाएको महाअभियोग प्रस्ताव विरुद्ध हस्ताक्षर अभियान थालेको छ ।
विराटनगरको ट्राफिक चौकमा अनेमसंघ मोरङले महाअभियोग विरुद्ध हस्ताक्षर अभियान आज संकलन गरेको छ । सरकारले दुई दिन अघि प्रधानन्यायाधीस कार्कीमाथि संसदमा महाअभियोगको प्रस्ताव लगेको थियो ।
सरकारले पूर्वाग्रही रुपमा प्रस्तुत भएकाले प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव खारेजीको माग गदै हस्ताक्षर अभियान संकलन गरिएको अनेमसंघ मोरङका इन्चार्ज यशोदा अधिकारीले जानकारी दिइन् । अनेमसंघले आयोजना गरिएको हस्ताक्षर अभियान संकलन भएपछि बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाइने अनेमसंघका केन्द्रीय सदस्य समेत रहेकी अधिकारीले जानकारी दिइन् । प्रधानन्यायाधीश कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल् खारेज गर्न माग गदै दवाव वढेको छ ।