RUMPUM
animated ellipse animated ellipse

सय किलो चाँदीसहित २ जना प्रहरी नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७४, शुक्रबार १८:५१
3
Shares
झापा, १५ बैशाख /प्रहरीले झापाको भद्रपुरबाट अबैध रुपमा ल्याईएको १ सय किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ ।
बुद्ध एयरको उडानद्धारा काठमाण्डौबाट झापाको चन्द्रगढी एयरपोर्टमा कार्गो गरी ल्याएको उक्त परिमाणको चाँदीसहित झापा बुद्धशान्ति गाउँपालिका ३ का ३२ बर्षिय मनोज गोयल र झापा गाउँपालिका २ का २७ बर्षिय पुण्यप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।
भद्रपुर बिमास्थलमा खटिएको प्रहरीको टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा २०–२० पोकाको दरले शिलबन्दी गरी ल्याएको ५ पोका अन्दाजी ६७ लाख ७२ हजार ९ सय मुल्य बराबरको चाँदी फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाको छ ।
चाँदीसहित उनीहरुलाई आवाश्यक कार्बाहीकालागी राजस्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर