AArya
RUMPUM
animated ellipse animated ellipse

यातायात राजश्व हिनामिना प्रकरण , फोकस वानपनि शंकाको घेरामा, छानबिन नसकुन्जेले बैंकले आधिकारिक धारणा नदिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०७४, शुक्रबार १७:५२
3
Shares
अर्जुन सुबेदी
इटहरी, १५ बैशाख / यातायात व्यबस्था कार्यालय ९सवारी० कोशीमा भएको रावश्व हिनामिनामा काण्डमा फोकस वानपनि शंकाको घेरामा परेको छ । देशभरका यातायत व्यबस्था कार्यालयमा भिआरएस प्रणाली जडान गर्ने नीजि कम्पनी फोकस वानपनि यातायात राजश्व हिनामिना काण्डमा संलग्न भएको आशंका शुरु भएको छ ।
 यातायातका कर्मचारी र बैकको मिलोमत्तोमा मात्रै तीनबर्षदेखि हिनामिना हुन नसक्ने भन्दै फोकस वान प्रति समेत शंका बढेको छ । सिस्टम नै बिगारेर रकम हिनामिना भएको छ । यो काण्डमा भिआरएस सिस्टम जडान गर्ने कम्पनीको पनि सम्लगनता हुन सक्छ रु अनुसन्धान अधिकारीका अनुसार अनुसन्धानको दायरा त्यता पनि गएको छ । भीअरएस सिस्टमबाटै सवारी करहरुको कम्पुटराइज डाटा राखिन्छ । यसैमार्फत इ बिलिङ्ग हुन्छ ।
इबिलिङ्गलाई लेखापाल र लेखाअधिकृतले रुजु गरेपछि मात्रै सर्वसाधारणको सवारी सम्वन्धी काम हुन्छ । यातायत व्यबस्था कर्यालय ९ सवारी ० कोशीमा राजश्व असुल गरेको तर बैकमा रकम भने जम्मा नगरेको देखिएपछि यो घटनमा सम्लग्न भएको अभियोगमा कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टिका अधिकारी, लेखापाल सुरेश अधिकारी, लेखापाल रुद्र दहाल र राजश्व फाँटका सुब्बा टिका बाँस्तोलालाई यातायात व्यबस्था बिभागले निलम्बन गरेको छ ।
 निलम्बनमा परेका मध्ये सुरेश अधिकारी फरार छन् भने अन्य भने सम्पर्कमा रहेका छन् । राजश्व हिनामिना गरेको बिषयमा उपसचिब दिलिप गौतम सहितको तीन सदस्यीय टोलीले अनुसन्धान गरिरहेको छ । यसैबिच हिनामिना काण्डमा मुछिएको ग्लोबल आइएमई बैकका कार्यकारी अधिकृत अनिल ज्ञावालीले छानबिन नसकुन्जेले बैक नबोल्ने बताए । यातायात व्यबस्था ९सवारी० कार्यालय कोशीमा भएको राजश्व हिनामिना काण्डमा मुछिएको ग्लोबल आइएमई बैकका कार्यकारी अधिकृत ज्ञावालीले छानबिन गर्ने अधिकार पाएको निकायले छानबिन नसकुन्जेले बैक नबोल्ने बताएका हुन् । उनले अख्तियारले बैकसँग स्टेटमेन्ट माग गरेको र आफूहरुले उपलब्ध गराएको स्वीकार गरे ।
राजश्व हिनामिनाका बिषयमा ज्ञावालीले अहिले नै बैंकको कुनै पनि धारणा सार्वजनिक नगर्ने बताए । हामी अहिले नै मुख खोल्ने अवस्थामा छैनौ, उनले भने –‘छानबिन गर्ने निकायलाई छानबिन गर्न त दिन पर्यो नी रु’। उनले जसले गल्ति गरेको छ उसलाई कारवाही हुने भन्दै अहिले नि कसले गल्ति गरेको छ भनेर भन्न नसकिने बताए ।
 यसअघि इटहरी स्थित ग्लोबल आइएमई बैकका म्यानेजर मुकेस साहले छानबिन भइरहेकाले आफुहरुले केहि बोल्न नमिल्ने बताएका थिए । यातायात व्यबस्था कार्यालय बैकिङ्ग प्रणालीमा गएसँगै अञ्चल यातायत व्यबस्था ९ सवारी ० कार्यालय कोशीको  सम्पूर्ण काम ग्लोबल आइएमई बैकले गर्दै आएको छ ।
 बैक मार्फत भिआरएस प्रणालीमा आर्थीक कारोबार शुरु भएपछि भएको ५६ करोड ५८ लाख राजश्व हिनामिना प्रकरणमा ग्लोबल आइएमई बैक पनि सम्लग्न भएको भन्दै अख्तियारले अनुसन्धानमा बैंकलाई पनि तानेको छ । यातायात व्यबस्था कार्यालय श्रोतका अनुसार बैंकिङ्ग कारोबार शुरु गर्ने बेलामा बिभागकै चलखेलमा ग्लोबल आइएमई बैकमा सेटिङ्ग भएको थियो ।
 सेटिङ्गकै आधारमा बैंकलाई कारोबार गर्ने जिम्मा दिएको बताइन्छ । अञ्चल यातायत व्यबस्था कार्यालय कोशीका पूर्व प्रमुख बिष्णु पौडेलले आफूले पटक पटक बैंकले लापरवाही गरेको र बैंक फेर्न बिभागलाई भनेको बताए । उनले भने –‘मैले कयौ पटक बैकका बारेमा भनेकै हो कसैले सुनेन । सरकारी बैकमार्फत काम गरौ ग्लोबल सँग सकिएन भनेर पनि भनेको हो तर बिभागले सुन्दै सुनेन । उनका अनुसार नेपाल बैक, राष्ट्रिय बाणिज्य बैक या कृषी बिकास बैंकलाई साझेदार बनाउनु पर्छ भन्दा ग्लोबल राम्रो बैंक भनिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यातायत व्यबस्था बिभागको प्रारम्भिक अनुसन्धानमा राजश्व हिनामिना काण्डमा बैकका कर्मचारीको पनि संलग्नता भएको देखिएपछि बैक पनि अनुसन्धानको दायरमा तानिएको हो । अख्तियारले आजै बैकसँग स्टेटमेन्ट मागि गरीसकेको छ ।
यसैगरि हिनामिना प्रकरणको जवाफ माग गर्दै बैकलाई अख्तियारले पत्र पनि काटिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले अनुसन्धानको दायरामा बैक पनि तानिएको बताए ।  हामीले बैकलाई जवाफ माग गर्दै पत्र काटेका छौ । जवाफ आएपछि को को संलग्न छन् भनेर कारवाहीको प्रकृया अगाडी बढ्छ भट्टराईले भने । उनका अनुसार अहिले नै को को दोषी भनेर भन्न सकिदैन ।
तर बैकको संलग्नता बिना यातायात व्यबस्था ९ सवारी ० कार्यालयका कर्मचारीले मात्रै ५६ करोड ५८ लाख रुपैयाँ हिनामिना गर्न नसक्न्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यातायात व्यबस्था कार्यालयमा कर्मचारीहरुले घुस मागेको र दुख दिएको गुनासो आएपछि चार बर्ष अघिबाट सवै काम बैकिङ्ग प्रणालीबाट गर्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर