AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षा कार्यालयमा तालाबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०७४, शुक्रबार १७:२३
3
Shares
विराटनगर, १५ बैशाख / आन्दोलनरत विद्यार्थी संगठनले आजदेखि जिल्ला शिक्षा कार्यालय विराटनगरमा तालाबन्दी गरेका छन् ।
संस्थागत विद्यालयको शुल्क बृद्धिको बिरोध गर्दै आन्दोलीत बिद्यार्थीहरुले आजदेखि जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । संस्थागत विद्यालयको शुल्क बृद्धिको विरोधमा आफुहरुले आवाज उठाइरहेको भएपनि शुल्क घटाउनेतर्फ जिल्ला शिक्षा कार्यालयले कुनै पहल नगरेकाले आफुहरुले तालाबन्दी गर्नु परेको विद्यार्थी नेताहरुले बताएका छन् ।
शिक्षा निर्देशिका २०७२ कार्यान्वयन गरी बृद्धि गरिएको शुल्क घटाउन माग गर्दै अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थी तथा विद्यार्थी नेताहरु देशव्यापीरुपमा आन्दोलित भएका हुन् । आफुहरुको माग पुरा नभएसम्म कार्यालयको ताला नखोल्ने उनिहरुको अडान छ ।
विद्यार्थीहरुले कार्यालयको मुख्य गेटमा नै तालाबन्दी गरेपछि आज दिनभरी कार्यालयको कामकाज ठप्प भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर