RUMPUM
animated ellipse animated ellipse

दाहालको हत्यामा संलग्नलाई जन्म कैद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ बैशाख २०७४, बिहीबार १९:२६
3
Shares
फाइल तस्वीर
विराटनगर, १४ बैशाख/ विराटनगर–६ का १९ बर्षिय अंकित दाहालको हत्यामा संलग्नलाई आजीवन कारागार सजाय भएको छ ।
गत असोज २८ गते हत्या गरिएका दाहालको हत्यामा संलग्नसबैलाई जिल्ला अदालत मोरङले जन्म कैदको फैसला गरेको हो । जिल्ला अदालत मोरङले दाहालको हत्यामा संलग्न विराटनगर ६ को १८ बर्षकी टाईली भन्ने फुलकुमारी उराँव, सोही ठाउँका २० वर्षका डाईलर भन्ने युवराज परियारलाई सर्वस्व सहित जन्म कैद फैसला भएको हो । त्यस्तै सोही ठाउँका १७ वर्षका टिम्मा भन्ने सुकदेव उराँव र २२ वर्षका सुरज उराँवलाई पनि जन्मकैद फैसला भएको हो ।
हत्यामा संलग्न एक १४ बर्षिय साजन खरेललाई १० बर्ष कैद फैसला गर्दै अदालतले बाल सुधार गृहमा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर