उर्लाबारी, १२ बैशाख/ ट्राफिक प्रहरीले सिटि सफारी चालकहरुलई अनाश्वयक दुख दिन थालेपछि चालकहरु मर्कामा परेका छन् । उर्लाबारीबाट कृष्णमन्दिर,दमक यात्रु पुर्याएर फर्किएका सफारीलाई ताराबारीमा ट्राफिक प्रहरीले विनाकरण १५ सय सम्म जरिवाना तिराउने गरेपछि उनीहरु मर्कामा परेका हुन् ।
आज उर्लाबारी नगरपालिकामा दर्ता नं ४० रहेको सिटि सफारीलाई पूर्वबाट पश्चिमतर्फ आउदै गर्दा ताराबारीमा रोकेर ब्लू बुक मागेको तर नगरपालिकाले दिएको अनुमति पत्र देखाउदा पनि ट्राफिकले सफारीलाई ट्राफिक प्रहरी कार्यालय दमक पुर्याएर एक हजार पाँच सय जरिवाना तिराएको हो ।
सफारी चालकका बेचन उराँऊले दुखेसो गर्दै भने–‘नगरपालिकामा कर तिरेर सञ्चालन गरेपनि ट्राफिकले जरिवाना तिराउँछ । ’ दैनिक १५ सय पनि आम्दानी हुदैन,त्यो भन्दा बढि जरिवाना तिर्नुपर्छ ।
यसैबीच सिटी सफारी चालक मजदुर संघ उर्लाबारीले आफूहरुलाई ब्लू बुक दिन नगरपालिका समक्ष माग राखेको छ । एक विज्ञप्ति निकाल्दै संघले नगरपालिकामा दर्ता भएका एक सय १६ वटा सफारीलाई ब्लू बुक दिन माग राखेका छ । अध्यक्ष शिवबहादुर अधिकारीले भने–‘ब्लू बुकका लागि भनेर नगरपालिकालाई ५ हजार तिरेपनि उपलब्ध भएको छैन । ’
विविध कारण देखाएर ट्राफिकले आफूहरुलाई कारवाहीको बहानामा बढि जरिवाना गराउँने गरेको अधिकारीले भने ।
सिटि सफारी चालक मजदुर संघले छिमेकी नगरपालिमा यात्रुहरुलाई पुर्याउदा जाँदा ट्राफिकबाट दिने अआवश्यक दुःख हटाइदिन सम्बन्धित निकाय समक्ष माग राखेको छ । ‘ट्राफिकले कहिले हाइवेमा किन कुदाएको भन्दै जरिवाना गर्छ’एक चालकले भने–‘कि त बाटो देखाइदिनुपरो हैन भने सहज रुपमा चल्न दिनुपरो । ’
यस्तै,नगरपालिकासमक्ष चालकहरुले पटकपटक ब्लु बुकका लागि माग राखेपनि त्यसको कुने सुनवाई नभएको चालकहरुले बताएका छन् ।