AArya
RUMPUM
animated ellipse animated ellipse

‘सदाका लागि औलोको अन्त्य गरौ’ भन्ने नाराका साथ विश्व औलो दिवश मनाइदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ बैशाख २०७४, सोमबार १७:४०
3
Shares
विराटनगर, ११ बैशाख / मोरङमा औलो प्रभावित तिन गाविस सहित विराटनगरमा मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘सदाका लागि औलोको अन्त्य गरौ’ भन्ने नारा सहित विश्व औलो दिवश मनाइने भएको छ ।
आज विराटनगरमा जिल्ला जनस्वास्थ्य कार्यालय विराटनगरले सरोकारवालाहरुलाई औलोको अबस्थाको विषयमा जानकारी दिदै औलो रोग लाग्न नदिन लामखुट्टे नियन्त्रणमा ध्यान दिनुपर्ने जानकारी गराएको हो ।
कार्यालयले मोरङमा हाल औलो रोगीको सङख्या सात रहेको भन्दै सरकारले सन् २०२६ सम्ममा नेपालबाट औलो नियन्त्रण गर्न लिएको लक्ष्य सफल बनाउन लागिपरेको जानकारी दिइएको छ ।
कार्यालयले मंगलबार विराटनगर , लेटाङ, केरावारी, मधुमल्लामा सचेतना र्याली निकालीन लागेको जिल्ला जनस्वास्थ्य कार्यालयमा महेन्द्र चौधरीले बताए । औलोको सात जना रोगी मध्ये चारजना भारतबाट नेपाल प्रबेश गर्ने रहेको भन्दै सिमा नाकामा कडा चेकजाच गर्नु पर्ने सोत चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर