RUMPUM
animated ellipse animated ellipse

महिला समूहको उद्योग विस्तार हुदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०७४, आईतवार २२:००
3
Shares
विराटनगर, १० बैशाख / महिलाहरुको समूहले सञ्चालन गरेको विराटनगर ६ स्थित लक्ष्मी प्रगतिशिल घरेलु उद्योगले सेवा विस्तार गर्ने भएको छ । पहिलो वार्षिकोत्सवको कार्यक्रममा सानो लगानीबाट शुरु भएको उद्योगलाई क्रमशः विस्तार गर्दै लैजाने उद्योगकी अध्यक्ष नर्वदा आचार्यले बताइन् ।
सभाषद राज्यलक्ष्मी गोल्छाको सांसद विकास कोषको २ लाख रुपैयाँको अनुदान पाएपछि च्याउँ खेति गर्दै आएका स्थानीय महिलाहरुको समूहले उद्योगलाई विस्तार गर्दै सेवा समेत विस्तार गर्ने भएको हो । पहिलो वर्षमा खर्च कटाएर करिब ५० हजार मुनाफा गर्न सफल भएपछि उद्योग सञ्चालक १२ जना महिलाले सामूहीक निर्णय गर्दै सेवा विस्तार गर्ने भएका हुन् । ‘हामी चाँडै थप जग्गा लिजमा लिएर कृषिजन्य उद्योगका रुपमा यसलाई विस्तार गर्दै लैजान्छौं’ अध्यक्ष आचार्यले भनिन्‘हाम्रो ध्यान पशुपालनमा पनि रहेको छ ।’
कार्यक्रममा प्रमुख अतिथि पूर्व सभाषद तथा नेकपा एमाले नेतृ यशोदा अधिकारीले महिलाहरु सामूहिक रुपमा आय आर्जन गर्ने काममा कमै मात्र लाग्ने गरको भन्दै यसलाई निरन्तरता दिनु सकारात्मक रहेको बताइन् । उनले जुन मेहनत र प्रतिफल पहिलो वर्षमा सामुहिक रुपमा महिलाहरुबाट भएको छ त्यो सह्रानीय रहेको बताइन् । उनले सभाषद राज्यलक्ष्मी गोल्छाले महिलाको क्षमता विकास आर्थिकउपार्जनमा सदैव ध्यान दिने गरेको बताइन् ।
जिल्ला समन्वय समिति मोरङका लेखापाल यमनाथ गिरिले सांसद विकास कोषको रकम सहि क्षेत्रमा लगानी भएको अनूभूति यस उद्योगले दिएको बताए । उनले भने, सानो लगानीबाट शुरु भएपनि यसले मुनाफामा लगेर सकारात्मक सन्देश दिएको छ । महिला समूहले गरेको काम सफल हुन्छ भन्ने उदाहरणका रुपमा उद्योग अघि बढिरहेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।
सांसद राज्यलक्ष्मी गोल्छाका प्रतिनिधि मधुकान्त कर्णले लक्ष्मी प्रगतीशिल घरेलु उद्योगले आफूलाई सफल बनाएकोमा प्रशंशा गर्दै आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको बताए ।
प्रेस चौतारी मोरङका सचिव सुदिप कोइरालाले महिलाहरुले सामूहीक रुपमा अर्थोपार्जन संग जोडिएका समाचारहरु बाहिर आएपनि त्यसले निरन्तरता पाएका समाचारहरु विरलै आउने गरेको बताए । उनले एक वर्षसम्म निरन्तर आलोपालो गरेर आत्मनिर्भरता सँगै उदाहरणीय बनेको यो उद्योगमा आवद्ध सवैले यसको निरन्तरतामा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा अनेमसंघ क्रान्तिकारीकी चम्पा कार्कीले दिनभर टिभी र गफमा रमाएर परनिर्भर मात्रै रहनेका लागि यो समूह उदाहरणीय बन्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर