खबर पूर्वाञ्चल
१० बैशाख २०७४, आईतवार १९:११
विराटनगर, १० बैशाख / दलित समुदायको मानवअधिकारको वर्तमान अवस्थाको विषयमा विराटनगरमा कार्यशाला गोष्ठीको आयोजना गरिएको छ ।
राष्ट्रिय दलित आयोग र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मोरङको आयोजनामा भएको कार्यक्रममा प्रदेश नम्बर १ का सरकारी निकाय र गैर सरकारी संघ संस्था प्रतिनिधि सहित दलित अधिकारर्मी र सरोकारवाला सहभागि भएका छन ।
नेपाल सरकारले चारचार बर्षमा जेनेभा पठाउनु पर्ने दलित मानवअधिकार सम्बन्धि प्रतिवेदनको बिषयमा कार्यक्रममा समिक्षा र सुझाव संकलन गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मोरङका जिल्ला कार्यक्रम अधिकृत अमर बराईलीले जानकारी दिए ।
कार्यक्रमा दलित आयोगका कार्यवाहक अध्यक्ष गोविन्द सुनार र याम बहादुर किसनले दलित मानवअधिकारको वर्तमान अवस्थाका बिषयमा बालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?