AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

संविधान संसोधन विना चुनावमा नजाने– अध्यक्ष यादव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०७४, आईतवार १८:१०
3
Shares
विराटनगर, १० वैशाख / संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा सहभागी हुने विषयमा सरकार र मधेशी मोर्चा विच अहिले सम्म कुनै सहमति नभएको वताएका छन् ।
मधेशी मोर्चाले केन्द्रीय कार्यक्रम अन्तरगत आज विराटनगरमा गरेको विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष यादवले मधेशी मोर्चासंग सहमति भयो भनेर मिडियामा आए जस्तो कुनै सहमति नभएको र अहिलेनै चुनावमा जाने विषय नटुङगीएको बताएका छन् । उनले आफ्ना मागहरु यथाबत रहेको र संविधान संसोधन विना चुनावमा नजाने बताए ।
मधेश आन्दोलन जनआन्दोलन जायित आन्दोलनलाई सम्बोधन नगरी जनताको पहिचान स्थापिन नभएको संविधान संशोधन नगरीकन गरिने कुनै पनी निर्वाचनमा मोर्चा सहभागी नहुने उनको भनाई थियो । अध्यक्ष यादवले आदीवासी जनजाती मधेशीहरुको मागका साथै आफुहरुसंग भएको सहमती समझौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे । उनले मधेशीको माग संवोधन नगरी हुने निर्वाचन हुन नदिने र मधेशीको नाममा कोही लोभी पापी गए आफुहरुको आन्दोलन फरक नपर्ने बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दे राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्त ठाकुरले मधेशी मोर्चासंग भएको समझौता कार्यान्वयन गरेर सरकारले निर्वाचनको वातावरण वनाउनु पर्ने वताए । उनले चुनावको विरोधी आफुहरु नभएको भन्दै चुनावका लागी पहिले भएका सहमती सम्झौता कार्यान्वयन आवश्यक रहेको बताए ।
अध्यक्ष ठाकुरले यथा स्थितीमा निर्वाचनमा मोर्चा सहभागी नहुने भन्दै सरकारले संविधान संशोधन गरेर निर्वाचनको वातावरण वनाउनुपर्नेमा जोड दिए ।
संघिय लिम्वुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेल समझौता कार्यान्वयन नभए सम्म निर्वाचनमा मोर्चा सहभागी नहुने उल्लेख गरे । उनले संविधान संसोधन नगरी निर्वाचन गराइए मधेश मात्र होइन लिम्बुवान क्षेत्रमा पनि विथोल्ने बताउदै मधेशीको आन्दोलनबाट आफुले धेरै कुरा सिकेकोले अनुकरण गरीरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर