AArya
RUMPUM
animated ellipse animated ellipse

नगरमा ब्याट्री चोरको विगविगी, अटोमोबाइल्सको एकै दिन ४० वटा ब्याट्री चोरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० बैशाख २०७४, आईतवार ०८:३९
3
Shares
चोरी भएको मोटसाइकलको ब्याट्री देखाउँदै ।
अनिल श्रेष्ठ
विराटनगर, १० वैशाख/ विराटनगर उपमहानगरपालिका क्षेत्रमा ब्याट्री चोरीको घटना बढेको छ । रातीको समयमा उद्योग अगाडि राखिएको जेनेरेटर, मोटसाईकल, गाडी भित्र राखिएकोे ब्याट्री चोरीको घटना बढेको हो ।
विराटनगरको बरगाछीमा रहेको माहावीर आटोमोवाइलको गोदामभित्र राखिएको मोटरसाइकलको ४० वटा ब्याट्री बिहीबार राती चोरी भएको निर्देशक ओम शर्माले जानकारी दिए । भेन्टिलेसनबाट छिरेर गोदाम भित्र राखिएको ४० वटा टिभिएस कम्पनीको मोटसाइकलको ४० वटा ब्याट्री चोरी भएको ओटोमोवाइलका निर्देशक शर्माले बताए । ब्याट्री चोर्दा मोटसाईकलको ब्याट्री बस्ने भाग फोड्दा मोटसाईकलको अन्य भागमा पनि छति भएको छ । ब्याट्री चोरी हुँदा पाँच लाखको नोक्सानी भएको निर्देशकले शर्माले जानकारी दिए । ‘घटनाबारे मोरङ प्रहरीलाई जानकरी गराएको छु,’ शर्माले भने, ‘नगरमा ब्याट्री चोरीको घटना बढेको छ । यसलाई रोक्न प्रहरी लाग्नुप¥र्यो ।’
त्यसैगरी बगरगाछी वरिपरी राखिएको भारतीय नम्बर प्लेटको ठूला सवारी साधनको समेत ब्याट्री हराउने गरेको छ । भारतबाट सामान लिएर विराटनगर आउने गाडीको ब्याट्री हराउने गरेको हो । राती विराटनगरमै बास बस्नुपर्ने भएकोले उनीहरूले रातमा सडको किनारमा गाडी पार्कीङ गर्दछन् । चोरले राति नै गाडी भित्रको ब्याट्री चोर्ने गरेको चालक बताउँछन् ।
यसअघि बरगाछीमा रहेको किर्लाेस्कर कम्पनीको जेनेरेटरको पनि चार वटा ब्याट्री हराएको सो कम्पनीले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले फाटफुट रुपमा चोरी घटनाबारे प्रहरीमा उजुरी आएको जानकारी दिए । उनका अनुसार मोरङ प्रहरीले रातको समयमा पनि विशेष सुरक्षासँगै निगरानी बढाएको बताए । शंकास्पद व्यक्तिलाई सोधपुस पनि गर्दै आएको उहाँको भनाइ । ‘चोरी घटनामा प्रमाण जुटाउन समस्या पर्ने भएकोेले यस केसमा कम पक्राउ पर्ने गर्दछन्,’ डिएसपी थापाले भने । घरबेटीले पनि सुरक्षा नअपनाउँदा चोरी हुन पुग्ने गरेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर