AArya
RUMPUM
animated ellipse animated ellipse

दलको चुनावी प्रचारमा शिक्षक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ बैशाख २०७४, शुक्रबार २१:३६
3
Shares
पथरी, ८ बैशाख / अहिलेको स्थानीय तहको चुनावमा शिक्षकहरु स्कूल छोडेर राजनिती प्रचार प्रसारमा लाग्दा सम्म पनि जिल्ला शिक्षा कार्यालयले आखा चिम्लेर बसेको छ ।
शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपनि उर्लाबारी पथरीशनिश्चरेलगायत अन्य ठाउँमा त्यसको खिल्ली उडाउँदै शिक्षकहरू पार्टीको चुनावी प्रचार प्रसारमा लागेका छन् । उता गैरसरकारी संस्थाकामा कार्यरत सामाजिक कार्यकर्ता पनि दल निकट प्रसार प्रसारमा नै छन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्र निकटका शिक्षक र गैरसरकारी संघसंस्थाका सामाजिक कार्यकर्ताहरू दलको झण्डा बोक्दै पार्टी प्रचारमा जुटेका हुन् । कैयउ शिक्षकहरुत उमेद्घारीको आकांक्षी समेत रहेको र शिक्षक पेशा छाडेर उमेद्घारको भोट माग्दै हिड्न थालेका छन । चुनावी चहल पहल बढेसँगै पढाउन छाडेर शिक्षकहरू आफू निकट पार्टीको कार्यकर्ता झैं झण्डा बोक्दै प्रचार प्रसारमा लागेको प्रति अभिभावकहरू समेत चिन्तित छन् ।
‘शिक्षकहरू फलानो पार्टीमा भोट हाल्नु भनेर अभिभावकलाई सम्झाउने गरेको छन्’ नाम नबताउने सर्तमा एक अभिभावकले भने, ‘तपाईको छोरालाई मैले पढाइदिएको छु, मैले भनेको पार्टीमा जसरी पनि भोट हाल्नु भनेर भन्नुभयो । भोली तपाईलाई केही पर्दा हामी नै हो सहयोग गर्ने ।’
पुर्वी मोरङको अधिकाम्स स्थानमा दैनिक जसो हुने कांग्रेस, एमाले, माओवादी केन्द्रका चुनावी कार्यक्रममा नेता र कार्यकर्ता भन्दा बढी शिक्षकहरूको सहभागिता रहने गरेको छ । एक साता अघि मात्र एमालेले उर्लाबारी र पथरीमा घोषणा गरेको चुनावी प्रचार प्रसार समितिमा पनि एमालेनिकट शिक्षकहरूको संख्या उल्लेखनिय रहेको थियो ।
कांग्रेस र माओवादी केन्द्रले चुनावी प्रचार प्रसार समिति तत्काल नबनाएपनि कार्यक्रममा भने शिक्षकहरूको उपस्थिति बाक्लै हुने गरेको छ ।
]उता, तीनै पार्टीमा आबद्ध हुने शिक्षक थुप्रै छन् । शिक्षकहरू पार्टीमा आबद्ध हुँदा विद्यालयमा राजनीति भएको, विपरीत विचारधारा भएका शिक्षकहरूबीच अनावश्यक बहस हुने गरेको, पढाइ ठप्प पारेर दलको बैठक, सभा, चिया पानलगायत कार्यक्रममा संलग्न हुने गरेको पाइएको छ । तर, नियम पालना नगर्ने शिक्षकहरूलाई जिल्ला शिक्षा कार्यालयले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।
यस विषयमा पथरीका पत्रकार गोपाल काफ्लेले कुन पार्टीमा कति शिक्षक संलग्न छन् भन्ने डाटा संकलन गरिरहेको र केही दिनमै सार्वजनिक गर्ने जमर्काे गरिरहेका छन ।
शिक्षकहरू पार्टीमा आबद्ध हुनु नै सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्नुको मुख्य कारण भएको अभिभावकहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘विद्यार्थीलाई टिकाइराख्न नसक्ने, गुणस्तरको दृष्टिले सामुदायिक तथा संस्थागत विद्यालयबीचको अन्तर कम गर्न नसक्नुको कारण शिक्षकले राजनीति गर्नु नै कारण रहेको देखियो ।’
यस्तै, उर्लाबारी र पथरीशनिश्चरेमा क्रियाशिल गैरसरकारी संघसंस्थामा काम गर्ने सामाजिक कार्यकर्ता पनि आफूले कार्यक्रम गर्ने लक्षित वर्ग कहाँ गएर फलानो पार्टीमा भोट दिनु भन्दै लविङ गर्न थालेको स्थानीयले बताए का छन ।
यसरी उर्लाबारी र पथरीशनिश्चरेमा हाल शिक्षक र गैरसरकारी संघसंस्थामा कार्यरत्त कर्मचारीको प्रलोभन र डरमा मतदाता छन् । तर, यसप्रति कसैले निगरानी गएको छैन । उनीहरू यसरी निसंकोच खुलेआम पार्टीको झण्डा बोकेर प्रचारमा लाग्नु संघ सस्थको बदनाम गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर