AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नागरिक सचेतपूर्वक एकतावद्ध हुनुपर्नेमा मुख्यमन्त्री राईको जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ कार्तिक २०७७, बुधबार २०:२२
414
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले परिवर्तनका उपलब्धिलाई जोगाउँदै नागरिकको सपना पूरा गर्ने समृद्धिको यात्रा विकल्प विहीन रहेको बताउँदै सबै नागरिक सचेत पूर्वक एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल स्काउट प्रदेश १ तदर्थ समितिको आज विराटनगरस्थितमा आयोजित सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले नेपालाई अस्थिर बनाउने षड्यन्त्र भईरहेको बताए ।

मुख्यमन्त्री राईले कसरी र कसले अस्थिर बनाउने षड्यन्त्र गरिरहेको छ भन्ने कुरा भने प्रष्ट्याएनन् । संविधानको कार्यन्वयन नगर्न र संघीयतालाई असफल बनाउन विभिन्न ठाउँबाट षड्यन्त्र भईरहेको उनको दावी थियो ।

नागरिकको चाहना स्थायी शान्ति, सुशासन र विकास भएकोले तीनै तहका सरकारको यहि मर्मलाई आत्मासाथ गर्नुपर्ने समेत बताए ।

मुख्यमन्त्री राईले युवाहरुलाई रचनात्मक भूमिकामा बढाउन सक्दा मात्रै देशको विकास हुनेमा विश्वास व्यक्त गरे । नेपाल स्काउटमा आवद्ध युवाहरुले अनुशासन र मर्यादा पालना गर्नु पर्ने बताउँदै उनले राष्ट्रिय संकट र आवश्यकतालाई युवाहरुले धान्नुपर्नेमा जोड दिए । उनले युवाहरुमा भएको नकारात्मक सोचलाई हटाउँदै सहि बाटोमा हिडाउनका लागि नेपाल स्काउटको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए । देशको मेरुदण्ड मानिने युवाहरुले राष्ट्रिय जागरण ल्याउने भूमिकामा देखिनु पर्ने बताउँदै त्यसका लागि नेपाल स्काउटले नेतृत्व गर्नुपर्ने मुख्यमन्त्री राईको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर