AArya
RUMPUM
animated ellipse animated ellipse

नगरको तीनमा माओवादीका उम्मेद्वार महिला मात्रै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ बैशाख २०७४, शुक्रबार २१:१०
3
Shares
विराटनगर, ८ वैशाख/ स्थानीय तहको निर्वाचनमा विराटनगर वडा नम्बर ३ बाट माओवादी केन्द्रले अध्यक्ष तथा सदस्यहरु पाँचै जना महिला उम्मेद्वार बनाउने भएको छ ।
जिल्लामा एक गाउँ वा वडा नमूना बनाउने उद्देश्यले महिलाहरुलाई मात्रै उम्मेद्वार बनाइएको माओवादी केन्द्र विराटनगरका उम्मेद्वार छनोट समितिका सदस्य हरि घिमिरेले बताए । यसरी उम्मेद्वार हुनेहरुमा सुशीला भट्टराई घिमिरे अध्यक्ष, अप्सरा निरौला र हिरादेवी घिमिरे गिरी सदस्य खुला तथा कल्पना पोखरेल महिला सदस्य र लक्ष्मीदेवी विक दलित महिला सदस्य रहेका छन् ।
कार्यक्षमता र योग्यतालाई ध्यान दिँदै पार्टीले वडामा महिलाहरुको मात्रै उम्मेदवारी सिफारिस गरेको माओवादी मोरङका इन्चार्ज कुशल लिम्बूले बताए । ‘यसअघि भने ३ जना पुरुषहरुले पनि दाबेदारी दिएका थिए,’ अध्यक्षकी उम्मेद्वार भट्टराईले भनिन्, ‘पछि सबै ब्याक हुनुभयो र हामीलाई सहयोग गर्ने भन्नुभएको छ ।’ आफूहरुको उम्मेद्वारीले महिलाहरुलाई माओवादीले प्राथमिकता दिएको पुष्टि भएको उनले बताइन । महिला सशक्तिकरण र राज्यको सबै निकायमा पहुँच पु¥याउन यस्तो सहभागीता अन्य स्थानमा पनि हुनुपर्नेमा उहाँको जोड छ ।
यसैबीच माअ‍ोवादी केन्द्रले विराटनगरको वडा नम्बर २ मा दलितलाई अध्यक्षको उम्मेद्वार बनाएको छ । त्यस वडामा विजयकुमार राही पुुर्कुटीलाई माओवादीले उम्मेद्वार बनाएको हो । यस्तै खुल्ला सदस्यमा सारदाप्रसाद गिरी र फोदार दास रहेका छन् । यस्तै महिला सदस्यमा जयमाला पौद्धार र दलित महिलामा सोशीलाकुमारी मोची रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर