RUMPUM
animated ellipse animated ellipse

विशाल मार्ग निर्माण समितिको हिसाव सार्वजानिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ बैशाख २०७४, बुधबार १८:००
3
Shares
पथरी, ६ वैशाख / पथरीशनिश्चरे–१ मा अवस्थित श्री विशाल मार्ग निर्माण समितिले आज आय व्यय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
विशाल चौकमा अवस्थित विशाल मार्गको २० फुटे सडक ३ सय मिटर कालोपत्रे गरिएपछि समितिले हिसाव सार्वजानिक गरेको हो ।
सो सडक निर्माण गर्न कूल २० लाख ९१ हजार खर्च भएको समितिले जनाएको छ । सो रकम मोरङ क्षेत्र नं.२ क्षेत्र पूर्वाधार विकासको लागि जिविसबाट ८ लाख ७८ हजार ९ सय ९७, विशाल मार्ग उपभोक्ताबाट ८ लाख ५६ हजार ४ सय ४८, श्री मनकामना सामुदायिक वनबाट २ लाख ५० हजार, पथरीशनिश्चरे नगरपालिकाबाट १ लाख र हरियाली सामुदायिक वनबाट ५ हजार ५ सय ५५ प्राप्त भएको समितिका कोषाध्यक्ष धनप्रसाद साँवा लिम्बूले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
कार्यक्रम विनिता देवानको अध्यक्षता तथा प्रमुख अतिथि मोरङ क्षेत्र नं. २ सांसद चण्डीप्रसाद राई रहेको थिए । प्रमुख अतिथि राईले भने –‘विशाल मार्ग निर्माण समितिले थोरै लगानीमा गुणस्तरीय सडक निर्माण गर्न सफल भएको छ ।
आगामी दिनमा अझ राम्रो कार्यहरु गर्नुहुनेछ भन्ने विश्वास लागेको छ ।’ यस्तै अतिथिहरु मानप्रसाद लिम्बु, बाबुराम येङ्देन, बसुन्धरा गुरुङ, राजेन्द्र गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर