खबर पूर्वाञ्चल
५ बैशाख २०७४, मंगलवार १८:१०
विराटनगर, ५ बैशाख / मानव बेचविखनमा संलग्न दुई जनालाई जिल्ला अदालत मोरङले आज पाँच बर्ष कैदको फैसला सुनाएको छ ।
आज न्यायधिस फडिन्द्रप्रसाद पराजुलीको एकल इजलासले एक महिलालाई बेचविखनमा संलग्न भएका मोरङ बेलवारी ११ का ३४ बर्षिय योगेश भनिने बासुदेव राई र इटहरी ६ का ३१ बर्षिय कैलाश पोखरेललाई पाँच पाँच बर्ष कैद सजाय र जनही २५ हजार क्षति पुर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए ।
उनिहरुले २०७२ साल माघ १४ गते तेहथुम घर भई सुनसरी खनारमा बस्दै आएकी २९ बर्षिय एक महिलालाई भारत तर्फ बेच्न लादै गर्दा भारतिय प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । उनिहरुलाई भारत जोगवनी स्थित टिकौलिया बस्तीबाट भारतिय प्रहरीले नियन्त्रणमा लिएको थियो । उनिहरु विरुद्ध २०७२ फागुन ९ गते जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?