AArya
RUMPUM
animated ellipse animated ellipse

विप्लव परित्याग गरी केन्द्रमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ बैशाख २०७४, मंगलवार १७:४१
3
Shares
विराटनगर ५ वैशाख /नेत्र विक्रमचन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादी पार्टी परित्याग गरेर एक दर्जन युवा तथा मोरङ जिल्लाका जिम्मेवार नेताहरु नेकपा माओवादी केन्द्रमा संगठित भएका छन् ।
क्रान्तिको सपना देखाएर समग्र कम्युनिष्ट आन्दोलनको उपलव्धीहरुलाई धरापमा पारेको निष्कर्श सहित जिल्ला सदस्य तथा नगर इन्चार्ज नरेशकुमार लाभसहित दर्जन बढी नेताहरु पार्टी प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र प्रवेश गर्नेहरुमा मुस्लिम मुक्ती मोर्चाका जिल्ला अध्यक्ष तथा पार्टी जिल्ला सदस्य मोहमद अब्दुल अन्सारी, युवा अध्यक्ष विको महतो, पार्टीका जिल्ला सदस्यहरु प्रकाश महतो, शिव मण्डल, रवि गुरुङ, मनोज महतो, सहदेव महतो, बुधे राम, राजा चौधरी, धनश्याम कजनाम र जिल्ला सदस्य तथा ३ नम्वर निर्वाचन क्षेत्रका अध्यक्ष आशाराम माझी रहेका छन् ।
माओवादी केन्द्र मोरङले विशेष कार्यक्रम गरी उहाँहरुलाई स्वागत गर्दै निर्वाचनकै क्रममा सबैलाई उचित जिम्मेवारी दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर