विराटनगर ५ वैशाख / जामिया स्लामिया सेकेण्डरी स्कूलले आफ्नो वार्षिक स्थापना दिवश भव्य रुपमा मनाएको छ ।
विराटनगरका शिक्षाप्रेमी, राजनीतिक, व्यवसायिक तथा सामाजिक व्यक्तिहरुको ठूलो जमघटका बीच विद्यालयले आफ्नो वार्षिक उत्सव कार्यक्रम मनाएको हो ।
अन्य विद्यालयहरुको तुलनामा अत्यन्त सौम्य, सभ्य र भव्य कार्यक्रम आयोजना गरेको विद्यालयले चुस्त व्यवस्थापकिय कला प्रस्तुत गर्दै दुई घण्टा लामो कार्यक्रममा कुनै विलम्व गरेको थिएन ।
विद्यार्थीहरुको क्षमतामा आधारित विभिन्न सांस्कृतिक कार्यक्रमहरु बेजोड प्रस्तुत गरिएको थियो । मुस्लिम कानुन, संस्कृती र नेपाली परिवेशको वास्तविक चित्रण गर्दै नाटक, गीत, नृत्य आदि प्रस्तुत गरिएको थियो । त्यसमा मुस्लिम समुदायका छात्राहरुको प्रस्तुती निकै आकर्षक र अनुकरणीय देखिन्थ्यो ।
मुस्लिम समुदायमा महिलाहरुलाई सार्वजनिक स्थान दिइदैन र उनीहरुको क्षमता विकासमा अवरोध गरिन्छ भन्ने भ्रम चिर्ने गरी कार्यक्रम तय गरिएको थियो जहाँ मुस्लिम छात्राहरुले निकै उत्कृष्ट क्षमता सहितको कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा गैर मुस्लिम समुदायको बाहुल्यता थियो । राजनीतिक वृतबाट पूर्व सभाषद जयराम यादव, नेकपा माओवादी केन्द्रका नेता गणेश उप्रेती सुशिल, नेपाली काग्रेंसका हरिनारायण सिंह, नेकपा एमालेका ओसिम आलम, एसपी विद्यानन्द माझी, एसपी संदिप भण्डारी, प्याबसन मोरङ अध्यक्ष बाशुदेव न्यौपाने, मोरङ ब्यापार सँघका वरिष्ट उपाध्यक्ष राजेन्द्र राउत, पत्रकार कुमार लुइटेल र यूथ फर व्लडका सरोज कार्कीलगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।