AArya
RUMPUM
animated ellipse animated ellipse

रानी र सम्राट विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७४, सोमबार २०:०३
3
Shares
विराटनगर, ४ बैशाख / मोरङ जिल्ला फुटबल संघको आयोजनामा विराटनगरमा जारी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आज भएको रानी युवा क्लब र सम्राट स्पोर्टिङ क्लब विजयी भएका छन् ।
विराटनगरस्थित डिपिएस स्कुलको खेल मैदानमा भएको प्रतियोगिता अन्तरगत पहिलो खेलमा मुनाल स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै रानी युवा क्लब विजयी भएको छ । रानीका लागि विकाश सरदार र प्रतिक खड्काले एक–एक गोल गरेका थिए ।
त्यस्तै आजै भएको दोश्रो खेलमा साइनो स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सम्राट स्पोर्टिङ क्लब विजयी भएको छ । सम्राटका लागि साजन राइ र विवेक भट्टराइले समान एक–एक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर