AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रील तथा स्टील व्यवसायीको तालिम सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७४, सोमबार १६:३८
3
Shares
पथरी, ४ वैशाख / ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालबाट सञ्चालित मेटल फेब्रिकेटर्स ३ महिने कार्यशाला स्थल तालिम सुरु भएको छ ।
मोरङको पथरीशनिश्चरे जिरीखिम्तीमा भएको समुद्घाटन कार्यक्रममा झापा, मोरङ, सुनसरीलगायतका स्थानबाट प्रशिक्षार्थीहरुको उपस्थिति रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मोहन कटुवालले भने–‘देशमा भू–कम्पपछि ग्रील तथा स्टील व्यवसायको माग बढी भएकोले हामीले पूर्वाञ्चलमा दक्ष कामदार उत्पादन गर्न ३ महिने मेटल फेब्रिकेटर्स तालिम ल्याएका हौं ।’ आई.एल.ओ.को सहकार्यमा हुने सो ३ महिने तालिम पथरीलगायत मोरङका विभिन्न स्थानहरुमा हुने केन्द्रीय सदस्य दिनेश पौडेलले जानकारी दिए ।
यस्तै ग्रील तथा स्टील व्यवसायी महासंघ मोरङका अध्यक्ष विनोद ढकालको अध्यक्षमा भएको कार्यक्रममा महेन्द्र प्रसाई, भगिरथ लुइटेल, तुलसी ढकाल, पत्रकार भूपेन्द्र तिम्सिनाले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर