विराटनगर, ४ बैशाख / मोरङको विराटनगर– ४ स्थित पोखरीयामा दाजुको धारीलो हतियार प्रहारबाट बहिनी घाइते भएकी छिन् ।
२३ बर्षिय आप्mनै दाजु आशाराम राजवंशीले घरायसी विवादका कारण आफ्नै १६ बर्षिया बहिनी पुजन राजवंशीलाई छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारबाट ढाडमा चोट लागेकी पुजनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्ने दाजु आशारामलाई जिल्ला प्रहरी कर्यालय मोरङले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय मोरङले जनाएको छ ।