RUMPUM
animated ellipse animated ellipse

उमेद्धवार बन्नकालागि एक महिलाले गरीन् पतिसंग सम्बन्ध विच्छेद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७४, सोमबार १६:१४
3
Shares
विराटनगर, ४ बैशाख / स्थानीय तहको निर्वाचनको माहोल तात्दै जाँदा उमेद्धवार बन्नका लागि विराटनगरकी एक महिलाले पतिसंग सम्बन्ध विच्छेद गरेकी छिन् ।
वडा सदस्यमा उमेद्धवारी दिनकालागि विराटनगर ११ (साविकको विराटनगर १५ )की ३८ वर्षीय रिङ्कुदेवी परियारले पति सवदनारायण सरदार थारुसंग सम्बन्ध विच्छेद गरेकी हुन् । दुवै जनाबीच पाँच दिन अघि मात्र जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको हो । सम्बन्ध बिच्छेदपछि रिङ्कुदेवीले आइतबारदेखि जिल्ला प्रशासन कार्यालयदेखि माईतीको थरबाट नागरिकता समेत लिएकी छिन् ।
पुरानो नागरिकता रद्ध गरेर माईतीको थरबाट नागरिकता लिएपछि उनलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ । दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एक जना मात्रै भएपछि उनी उमेद्धवार बन्ने निश्चित भएको हो ।
स्थानीय निर्वाचनमा सबै स्थानीय निकायको प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरुले एक जना दलित महिलालाई सदस्य पदमा अनिवार्य उमेद्धवार बनाउनु पर्ने नीति छ । विराटनगर ११ मा अरु दलित महिला उमेद्धवारका प्रतिष्प्रधी र आकांक्षी नभेटिएपछि त्यही नीति अनुरुप पार्टीले परियारलाई दलित महिला कोटाबाट वडा सदस्यको उमेद्धवार उठाउने निश्चित भएको एमाले विराटनगर ११ का अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार पार्टीमा सक्रिय र दलित महिला पनि भएको हिसावमा एमालेले परियारलाई वडा सदस्यको उमेद्धवार बनाउने भएको हो । श्रेष्ठका अनुसार पतिसंग सम्बन्ध विच्छेद गरेर पतिको नामबाट लिएको नागरिकता रद्ध गर्दै माईतीको थरबाट नागरिकता बनाएपछि पार्टीले उनलाई दलित महिला कोटाबाट उमेद्धवार बनाउने भएको हो । स्थानीय सवदनारायण सरदार थारुसंग रिङकुदेवीको १८ वर्ष अघि प्रेम विवाह भएको थियो ।
दुईबीचको सम्बन्ध सुमधुर बन्न नसकेपछि त्यस यतादेखि नै पतिसंग अलग्गै बस्दै आएको उनले बताइन् । पतिको नामबाट लिएको नागरिकता उमेद्धवारको बाधक बनेपछि विकल्पका रुपमा सम्बन्ध विच्छेदलाई रोजिएको रिङ्कुदेवी बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर