विराटनगर, ३ वैशाख / स्थानिय निकायको निर्वाचनमा विराटनगर वडा नम्बर ६ को वडा अध्यक्षमा मुस्लिम युवा अदिप कामिल जमालीले उम्मेदवारी घोषणा गरेका छन् ।
सानै उमेर देखि समाजसेवीको रुची राख्ने जमाली स्वतन्त्र उम्मेदारको रुपमा वडा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । उनले दलहरुले आफना जनता माझ गरेको बाचाँ पुरा नगर्ने र युवालाई नेतृत्व गर्ने अवसर प्रदान गर्न दिन मनस्थिती अझै पनि विकसित नभएकाले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी घोषणा गरेको बताए ।
युवाहरुको नेतृत्व विकास गर्न र समाजमा भएको जातिय असमान्त अन्त गर्नुको साथै पार्दशिक रुपमा विकासको काम बढाउन आफुले वडा अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । उनले अहिले घर घरमा गएर चुनावी एजेन्डा जनतावाट संकल्न गरेर बनाउन काममा गर्ने गरेको बताईएको छ । चुनावी एजेन्डाको रुपमा उनले वडामा अवैध रुपमा खुल्म खुल्ला विक्रि वितरण हुने घरेलु मदिरा बन्द गराउने पहिलो एजेन्डा हुने बताए ।
उनले वडामा घरेलु मदिरानै शिक्षा र घरेलु हिसाँको प्रमुख बाधक भएको निष्कर्ष निकाल्दै अर्को विकासको काममा पारदर्शी र निष्पक्षता कसरी बनाउन सकिने भन्ने वारे एजेन्डा बनाउन बुद्धिजिविसँग परामर्श थालेको जानकरी दिए । वडा नम्बर ६ मुस्लिम बाहुलय मतदाता क्षेत्रको रुपमा मानिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा स्थानिय निकायको निर्वाचन बहिष्कार गर्ने आन्दोलन घोषणा गरेका बेला मधेशी ,मुस्लिम र थारु युवा तथा राजनीतिकर्मीहरु प्रमुख दलवाट उम्मेदवार बन्न दैेडदुपलाई तिव्रता दिएको पाइएको छ । मधेशी बाहुल क्षेत्रमा प्रमुख दलहरुले समेत मधेश अनुहारलाईनै उम्मेदवार बनाउने गृहकार्यमा जुटेका बताइएको छ ।