AArya
RUMPUM
animated ellipse animated ellipse

उर्लावारीको बेतिनी सीमसारमा सर्वसाधरणकोे घुईचो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ बैशाख २०७४, शुक्रबार २२:२२
3
Shares
उर्लाबारी, १ बेशाख /नयाँ वर्ष २०७४को अवसरमा आज उर्लावारी–२ मा रहेको बेतिनी सीमसार क्षेत्रमा सर्वसाधरणहरूको ठूलो घुईचो लागेको छ ।
यो सीमसारको इतिहासमा पहिलो पटक सर्वसाधरणको संख्या धेरै भिड भएको सीमसार व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । करिब १० हजार मानिसहरूले आज सीमसार भ्रमण गरेको समितिले दावी गरेको छ।
युवा पुस्ताहरूको सीमसारमा उलेख्य उपस्थिति थियो । सीमसारमा राखिएको कृत्रिम बाघ अनि झरनामा तस्विर खिच्नेको संख्या पनि ज्यादै थियो । प्राकृतिक सीमसार भएकाले यहाँ पानीको पर्याप्त स्रोत तथा सम्भावना बढि छ ।
सीमसार परिसरमा निर्मित चिल्ड्रेन पार्कमा बाल बालिकाहरूको भीड धेरै नै थियो । सर्वसाधरणहरूको उपस्थितिले सीमसार व्यवस्थापन समितिले सकारत्मक रूपमा लिएको दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर