RUMPUM
animated ellipse animated ellipse

निर्वाचन दुई चरणमा गर्न तयार छौं-निर्वाचन आयुक्त यादव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ चैत्र २०७३, बिहीबार १६:५३
3
Shares
फाइल तस्वीर
विराटनगर, ३१ चैत/ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सवैले आफ्नो मतधिकार प्रयोग गर्न पाउने वातावरण तयार हुने अवस्था आएको खण्डमा निर्वाचन आयोग दुई चरणमा निर्वाचन गर्न तयार रहेको वताए ।
निर्वाचन आयोगले विराटनगरमा सञ्चालन गरेको निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा वोल्दै प्रमुख आयुतm यादवले स्थानीय तहको निर्वाचन ऐतिहासिक निर्वाचन भएकाले धेरै समयपछि जनताले आफनो मताधिकार मार्फत आफना जनप्रतिनिधि चयन गर्ने अवसरको वातावरण तयार गर्न सरकार र राजनितिक दलसंग आग्रह गरे ।
प्रमुख आयुक्त यादवले दुई चरणमा निर्वाचन गर्ने विषयमा भने अहिलेसम्म सरकारसँग कुनै छलफल नभएको भने भनाई थियो । निर्वाचनप्रति असहमती राख्ने दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन आयोगले सहजकर्ताका भुमिका निर्वाह गर्नै आयोग तयार रहेकोपनि जानकारी दिए । उनले पछिल्लो समय राजनितिक परिस्थिती सहज वन्दै गएपछी अहिले हिमाल , पहाड , तराई मधेशलगायत देशभरी नै निर्वाचनको वातावरण क्रमिक रुपमा वन्दै गएको भनाई थियो ।
प्रमुख आयुक्त यादवले नेपाली सेनाको बलमा स्थानिय तहको निर्वाचन गराउने पक्षमा आयोग नरहेको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर