AArya
RUMPUM
animated ellipse animated ellipse

राजनीतिक दलहरुले अपांग भएका व्यक्तिहरुलाई पनि उम्मेदवार बनाउनु पर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७३, बुधबार २०:०७
3
Shares
उर्लाबारी, ३० चैत/ स्थानीय निकायको चुनावमा अपांग भएका व्यक्तिहरुको पनि सहभागीता हुनुपर्छ भन्दै उर्लाबारी अपांगता समूहले प्रेस विज्ञप्ती निकालेको छ ।
आज अपांगता भएका व्यक्तिहरुको उर्लाबारी समन्वय समितिले एक प्रेस विज्ञप्ति निकाल्दै राजनीतिक दलहरुले अपांग भएका व्यक्तिहरुलाई पनि उम्मेदवार बनाउनु पर्ने माग राखेका छन् ।
समन्वय समितिका संयोजक व्यासकुमार लिम्बूद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ–‘राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिहरुको भावनालाई कदर नगरी उम्मेदवार बनाइएको प्रति हाम्रो ध्यानकर्षण भएको छ । अपांगता भएका व्यक्तिहरुलाई राजनीतिबाट टाढा राख्ने हेतुले सपांगहरुलाई मात्र उम्मेद्वार बनाइएको आभाष भएको छ । ’
विज्ञप्तीमा राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिहरुलाई उम्मेद्वार नबनाए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
समितिका संयोजक लिम्बूले भने–‘एउटा अपांगको समस्या अर्को अपांगलाई भन्दा बढि कसलाई थाहा होला ? सपांगभन्दा पनि बौद्धिक छन् अपांगहरु । त्यसैले हामीले पनि स्थानीय निकायमा स्पेस खोजेका हौँ । ’
अपांग समन्वय समितिमा साविक उर्लाबारी नगरपालिकामा ६ सय २१ जना रहेको र साविक राजघाट र मधुमल्ला ७,८ र ९का अपांगहरुको संख्या गणना भइरहेको लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर