विराटनगर, ३० चैत/ विराटनगर उपमहानगरपालिको सडक विस्तार गर्ने क्रममा अहिले नगर क्षेत्रको सबै वार्डको सडक भत्काएको छ । नगरपालिकाले एकैचोटी सबै वार्डको सडक भत्काउँदा नगर क्षेत्रनै धुलामे बनेको छ ।
सडकको बिचमा सवारी साधन ओहरदोहर गर्दा धुलोले दिउँसै बायुमण्डल लागेजस्तो देखिन्छ ।
धुलोबाट बच्नको लागि विराट होटल व्यवसायी संघले विराटनगरको ट्राफिक चोकमा बुधबार एक कार्यक्रम आयोजना गरी दुई हजार पाँच सय माक्स निःशुल्क सर्वसाधरणलाई वितरण गरेको छ ।
नगर क्षेत्रमा बढेको धुलोबाट बच्नको लागि सर्वसाधरणलाई लक्षित गरी माक्स वितरण गरेको विराट होटल व्यवसायी संघको अध्यक्ष विजयराज प्रसाईले जानकारी दिए ।