RUMPUM
animated ellipse animated ellipse

विदेश लैजान्छु भन्दै २ करोड लिएर फरार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७३, बुधबार १७:३९
3
Shares
रबिन्द्र बराल
रंगेली, ३० चैत / बैदेशिक रोजगारीमा लैजाने भन्दै मोटो रकम उठाएर एक महिला फरार भएकी छिन् ।
मोरङको दर्वेशा ३ फर्साडागी बस्ने भिमप्रसाद सापकोटाकी ३३ बर्षिय छोरी उषाकुमारी सापकोटाले झापा ,मोरङ लागयतका युवाहरुलाई विदेश पठाईदिने भन्दै रकम ठगी फरार भएकी हुन् ।
उर्लाबारी बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आएकी उषाले क्यान्डा पठाउने भन्दै झापा दमकका मोहन न्यौपाने र उर्लाबारी घर भएका सुद्धि धिमाल सँग ५, ५ लाख रुपैयँँ लिएर सम्पर्क विहिन भएकी छन् ।
त्यसैगरी भानुराज राईसँग १५ लाख, भोजपूरका लालबहादुर श्रेष्ठ , झापाका भक्त कार्की, उर्लाबारीका भिम पौडेल , गंगाप्रसाद सापकोटा सँग १२ लाख ५१ हजार , सुमन रेग्मीबाट ११ लाख २५ हजार र आफ्नै ज्वाइँ रामचन्द्र मिश्रसँग १० लाख २५ हजार लिएर फरार भएकी हुन ।
उनले १५ जानलाई दुबई पठाई दिन्छु भन्दै कार्तिक महिनामा रमक लिएर फरार भएको उर्लाबारी ४ का पिडित भिम पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर