मेयर पराजुलीद्धारा संयमित रहन नगरवासीमा अपिल

खबर पूर्वाञ्चल, ५ जेष्ठ २०७७, सोमबार ०८:२८

विराटनगर /विराटनगर महानगरका मेयर भीम पराजुलीले कोरोना सक्रमणको यो संकटको घडीमा संयमित रहन र लकडाउनको पालना गर्न अपिल गरेका छन् ।

उनले आफ्ना् परिवार, समाज र राष्ट्रका लागि सुरक्षित रहन,धैर्य गर्न र लकडाउनको पालना गर्न आग्रह समेत गरेका छन् ।

विराटनगरमा २ जनामा कोरोना सक्रमण पुष्टी भएसंगै महानगरका मेयर पराजुलीको यस्तो धारणा आएको हो । आज बिहान पत्रकारहरुसंगको भेटमा मेयर पराजुलीले नगरवासीलाई नअतालिन र संयमित भएर बस्न समेत आग्रह गरेका छन् । उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन र विसञ्चो भएमा तत्काल खवर गर्न समेत आग्रह गरेका छन् ।

आफ्नो स्वास्थ्यलाई जोखिममा पारेर नागरिकको उपचारमा खटिएका स्वास्थ्यकर्मी,शुरक्षामा खटिएकका प्रहरी,जनप्रतिनिधि तथा कर्मचारीहरुलाइ सहयोग गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५