बिराटनगर, २८ चैत्र / ज्योती होमियो क्लिनिकमा बिराटनगरको आयोजनामा होमियोप्याथिक चिकित्सा पद्धतिका जन्मदाता डा.फ्रेड्रीक सैमुअल हैनिमेनको २ सय ६२ औं जन्म जयन्ती मनाएको छ ।
बिराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी डा. हैनिमेनको जन्म जयन्ती मनाएका हो । विराटनगरका होमियो चिकित्सकहरुको उपस्थितिमा भएको कार्यक्रमका बक्ताहरुले डा. हैनिमेनको बारैमा बोलेका थिए । उनिहरुले होमियो चिकित्साको जन्म भएको लामो समय र प्रभावकारी भए पनि सरकारले वेवास्था गरेको गुनासो गरेका छन ।