AArya
RUMPUM
animated ellipse animated ellipse

म्यादी प्रहरीको तालिम सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ चैत्र २०७३, आईतवार २२:०९
3
Shares
फाइल तस्वीर
रबिन्द्र बराल
रंगेली, २७ चैत /२० बर्ष पछि हुनलागेको स्थानीय निकायको चुनावका लागि ईलाका प्रहरी कार्यालय रंगेलीले म्यादी प्रहरीलाई तालिम सुरु गरेको छ ।
आगामी बैशाख ३१ गते हुने निर्वाचनलाई स्वच्छ,सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने उदेश्यले म्यादी प्रहरीको पनि महत्वपूर्ण भूमिका रहने हुँदा म्यादी प्रहरीलाई निर्वाचन सुरक्षासम्बन्धि आवश्यक ज्ञान,सिप,कौशल प्रदान गर्ने उद्देश्य अनुरुप देशका विभिन्न प्रहरी कार्यालयहरुमा म्यादी प्रहरी सम्बन्धि १२ दिने अनुशिक्षण कार्यक्रम सञ्चालन हुने भएको ईलाका प्रहरी कार्यालय रंगेलीले आज देखि तालिम सञ्चालन गरेको छ ।
१ सय १० जना युवा युवतीहरुलाई तालिम दिईरहेको ईलाका प्रहरी कार्यालयका प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर