RUMPUM
animated ellipse animated ellipse

३० जना ज्येष्ठ नागरीकलाई सम्मानीत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०७३, आईतवार १८:५५
3
Shares
रंगेली, २७ चैत / हाम्रो ज्येष्ठ नागरीक हातेमालो समाज रंगेली शाखा कार्यालयले आज साविकको ववियाविर्ताका ३० जना ज्येष्ठ नागरीकहरुलाई सम्मान गरेको छ ।
समाज र राष्ट्रको निर्माणका लागि ज्येष्ठ नागरीकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै हाम्रो ज्येष्ठ नागरीक हातेमालो समाज रंगेली शाखा कार्यालयले सम्मान गरेको हो । ९० बर्ष भन्दा माथिका ज्येष्ठ नागरीकहरुलाई सम्मान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै हाम्रो ज्येष्ठ नागरीक हातेमालो समाज विराटनगरका अध्यक्ष लोकनाथ पोखरेलले ज्येष्ठ नागरीकहरु घरपरीवारबाटै अपहेलित हुनु परेको गुनासो गरे । उनले घरपरिवारले नै ज्येष्ठ नागरीकहरुलाई वास्ता नगर्ने गरेको दृष्टान्त हाम्रो समाजमा रहेकाले घरमै सम्मान पूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरीक अनुभवको खानी भएकाले उहाहरुले सिकेको ज्ञान र सिपलाई पछिल्लो पीडिले सिकेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
हाम्रो ज्येष्ठ नागरीक हातेमालो समाज रंगेली शाखाका अध्यक्ष कृष्णप्रसाद पोखरेलले अहिलेको पुस्तालाई नैतिक शिक्षाको आवश्यक रहेकोमा जोड दिए । विद्यालय तहदेखि नै नैतिक शिक्षा हुनु पर्नेमा जोड दिए । साविकको वविया गाविसका सचिव गजेन्द्र भुजेलले ज्येष्ठ नागरीकलाई राज्यले प्रदान गरेको सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । सम्मानित ज्येष्ठ नागरीकहरुले नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर