विराटनगर, २७ चैत / अनेरास्वीयू विराटनगर उपमहानगरपालिकाको नयाँ कार्य समिति गठन भएको छ ।
नविन पहाडीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा अविशेक राय, सचिव नविन निरौला चयन भएका छन् । कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबावु पन्डित, अनेरास्वीयूको केन्द्रीय सचिब ओसिम आलम, सचिवालय सदस्य भाष्कर खनाललगाययको उपस्थीति रहेको थियो ।
कार्यक्रममा नव गठित समितिलाई शुभकामना सहित निर्देशन दिदै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अवको नेतृत्व यूवापुस्ताले लिनसक्नुपर्नेमा जोड दिए । देश र जनताको परिवर्तन यूवाले गर्ने हो भन्दै उनले यसकालागि हरेक यूवाले आफैबाट परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए । वैदेशिक रोजगार जाने यूवाहरुको लर्को रोक्न आवश्यक रहेको तर्क गरेका उनले यूवा अव आफ्नै देश बनाउन लाग्नु पर्नेमा जोड दिए ।
अनेरास्ववियुका केन्द्रीय सचिव ओसीम आलमले नव गठित कमिटीलाई निर्वाचनमा सक्रियता पूर्वक परिचालन हुन निर्देशन दिए । उनले उपमहानगरका सवै क्षेत्रमा एमालेको जीत सुनिश्चित गराउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न जोड दिए ।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य भाष्कर खनाल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य महेश रेग्मी, जिल्ला सदस्य तथा यूवा संघ केन्द्रीय सचिव पर्शुराम बस्नेत, नेकपा एमाले विराटनगर इञ्चार्ज सागर थापा, अनेरास्ववियु मोरङ अध्यक्ष गोकर्ण घिमिरेलगायतले नवगठित कमिटीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।