AArya
RUMPUM
animated ellipse animated ellipse

सात प्रकारको उपचार निःशुल्क

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ चैत्र २०७३, आईतवार १७:०६
3
Shares
विराटनगर २७ चैत / विराटनगरमा रहेकोे नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विपन्न सामुदायको लागि सात प्रकारको उपचार निःशुल्क सञ्चालनमा ल्याएको छ ।
नोबेल मेडिकल कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकारको बिपन्न नागरिक औषधी उपचार कोष निर्देशिका अनुसार सो सेवा सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।
अस्पतालका निर्देशक डा. राजेश नेपालका अनुसार अस्पतालमा भर्ना भएका प्रसुती बाहेकका अन्य बिरामीहरुकालागि बढिमा एक लाख रुपैया सम्मको उपचार निशुल्क प्रदान गरिने बताए ।
अस्पतालले मुटु रोग , हेड ईन्चुरी , स्पाइनल ईन्जुरी , अल्जाइमर , पार्किन्सन रोग र प्रसुती सेवा निशुल्क प्रदान गर्न लागेको हो । प्रसुती सेवा नोबेलले यसअघिनै सञ्चालनमा ल्याएको हो ।
नोबेलले पहिले सुरु गरेर बिचमा बन्द गरेको मृगौला रोगको हेमोडाइलाइसिस सेवा पनि पुन निशुल्क संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।
आमा सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुती गराउने बाहेक अन्य निशुल्क उपचार सेवा लिने बिरामीहरुले सम्बन्धित गाउँ वा नगरपालिकाको अनुमति लिएर जिल्ला जनस्वास्थ्य कार्यालयबाट बिपन्न भएको सिफारिस पेश गर्नु पर्दछ । उपचाकारलागि सरकारबाट प्रमाणित सक्कली कागजात प्राप्त भएपछि उपचार सेवा निशुल्क प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर