विराटनगर ,२७ चैत / प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचीरहेका मोरङको मिक्लाजुङ १ साम्पाङका ४० वर्षीय मनबहादुर राईको विराटनगरको नोवेल अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।
प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिड्न बाध्य समाचार विभिन्न सञ्चार माध्यामहरुले समाचार प्रकाशित भएपछि उर्लाबारीका समाजसेवी खड्ग फागोको समन्वयमा नोवेल अस्पतालले निःशुल्क उपचार गरेको हो । राईको त्यस्तो अवस्था देखेपछी नोवेल अस्पताल विराटनगरका सञ्चालक सुनिल शर्माले निःशुल्क उपचार गरेका बताए । उनले भने,‘ हामीले राई जि,को उपचार निःशुल्क गर्दैछौ । सञ्चालक शर्माले राईलाई निकोपारेर चन्दुरुस्त बनाएर मात्र घर पठाउने बताए ।
राईले आफ्नो जीवन बाचाइदिन याचना गरेका थिए । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित राईको वीपी कोइराला मेमोरियल अस्पताल धरानमा शल्यक्रिया गरिएको थियोे । पाँच लाख रूपैयाँ चन्दा संकलनबाट उनको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेको थिएन ।
नोवेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यो वर्ष अस्पतालले पाँचसय जना विपन्नहरुको निशुल्क उपचार गरेको छ । त्यसैगरी तिन सय जनाको निशुल्क शल्यक्रिया गरेको छ ।