विराटनगर, २६ चैत्र / आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनकालागी पूर्वी नेपालमा १६ हजार ७ सय ७२ जना म्यादी प्रहरु िछनौट भएका छन् ।
क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका अनुसार २ हजार ४ सय ६४ जना वैकल्पिकको रुपमा छनौट गरिएको छ । छनौट भएका मध्ये पुरुष १३ हजार ३ सय ७६ तथा महिला ३ हजार ३ सय ९६ रहेका छन ।
मोरङमा २ हजार ३ सय ४६, झापामा २ हजार १ सय १४, ईलाममा ८ सय ४३, पाँचथरमा ७ सय २३, ताप्लेजुङमा ५ सय १७, सुनसरीमा १ हजार ४ सय ५९, धनकुटामा ७ सय ७८, तेह्रथुममा ४सय , भोजपुरमा ४ सय ९२, संखुवासभामा ४ सय ८८, सप्तरीमा २ हजार २ सय ८९, सिरहामा १ हजार ९ सय ३२, उदयपुरमा ६ सय ३८, खोटाङ ७ सय ३०, ओखलढुङामा ४ सय ७७ र सोलुखुम्बुमा ५ सय ४६ जना रहेका छन।
नेपाल प्रहरीले स्थानीय तह निर्वाचन सुरक्षार्थ सबै जिल्ला प्रहरी कार्यालयहरुबाट कुल ७५ हजार म्यादी प्रहरी भर्नाकालागी गत चैत्र ११ देखि १७ गतेसम्म आवेदन खुल्ला गरेको थियो । जसमध्ये पूर्वाञ्चलमा मात्रै ४६ हजार बढीले आवेदन दिएका थिए ।