AArya
RUMPUM
animated ellipse animated ellipse

निर्वाचन सम्पन्न गराउन खासै समस्या छैन्

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ चैत्र २०७३, शनिबार १८:१७
3
Shares
विराटनगर, २६ चैत / वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न गराउन खासै समस्या र चुनौनि नदेखिएको कार्यकारी अधिकृतहरुले बताएका छन् ।
निर्वाचन आयोग मोरङले स्थानिय तहको कार्यकारी अधिकृतहरुका लागि आज विराटनगरमा आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका कार्यकारी अधिकृत बिनोदकुमार न्यौपाने गाउँ गाउँका मानिसहरु निर्वाचनका लागि उत्साहित देखिएको र अहिले सम्म खासै ठुलो चुनौति र समस्याहरु नदेखिएकाले निवार्चन सफल रुपमा सम्पन्न हुने बताए ।
अभिमुखिकरण कार्यक्रममा जिल्लाका १७ वटै स्थानिय तहका कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो । उनीहरुलाई निर्वाचन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलले निर्वाचनका आयोग, निर्वाचन सम्बन्धी कानुनि तथा संबैधानिक व्यवस्था, स्थानिय तह तथा स्थानीय तहको निर्वाचन प्रणाली र व्यवस्थापनका विषयमा जानकारी गराए ।
निर्वाचन आयोगको संवैधानिक जिम्मेवारी, आचार संहिता सम्बन्धी व्यवस्था र उल्लङ्घन गरेमा हुने सजाय लगायतका विषयमा जानकारी गराएका थिए । निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार मोरङमा पाँच लाख ६३ हजार आठ सय ५८ मतदाता रहेका छन् । मोरङमा ३६ वटा दल दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर