खबर पूर्वाञ्चल
सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १–१ पुरुष, संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष, चिलिलामा १ महिलामा संक्रमण थपिएको छ ।
यता मोरङको विराटनगरमा २ महिला ४ पुरुष, रतुवामाईमा ३ महिला २ पुरुष, पथरीशनिश्चरेमा १ महिला १ पुरुष, कटहरी र सुनबर्षीमा १–१ पुरुष र रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको शिवसताक्षीमा २ महिला ५ पुरुष, कमल गाउँपालिका र बा¥हदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।