AArya
RUMPUM
animated ellipse animated ellipse

परीक्षालाई नियमित र मर्यादित बनाउन जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७३, शनिबार १७:५१
3
Shares
विराटनगर, २६ चैत / त्रीभुवन विश्व विद्यालयको शाख जोगउन परीक्षालाई नियमित र मर्यादित बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आज विराटनगरमा सम्पन्न वर्तमान सन्दर्भमा त्रि.वि परीक्षा व्यवस्थापन विषयक कार्यशाला गोष्ठिमा सहभागि सरोकारवालाहरुले परीक्षालाई व्यवस्थीत र मर्यादित बनाउन सके मात्रै विश्व विद्यालयको शाख जोगाउन सकिने बताए ।
कार्यक्रममा बोल्दै वक्ताहरुले विश्व विद्यालयको शाखका लागि परीक्षा सबैभन्दा बढि महत्वपुर्ण पाटो भएकाले यसलाइ गुणस्तरीया, मर्यादित र व्यवस्थित बनाउन सबैको उत्तिकै दायित्व रहेकोे बताए ।
विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सुधा त्रीपाठीले अझैपनि त्रिविका परीक्षा सेन्टरहरुबाट परीक्षा दिन पाए सजिलै पास हुन सकिन्छ भन्ने धारणा धेरै विद्यार्थीहरुमा भएको र यसले विश्वविद्यालयको गुणस्तरीयतामा प्रश्न चिन्ह खडा गरिरहेको बताइन् । उनले विद्यार्थीहरुमा भएको यो धारणालाइ चिर्न परीक्षा नियन्त्रण कार्यालय जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिइन् ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तिर्थराज खनियाले देशको अस्थिर राजनितिको चपेटामा परेको विश्वविद्यालयले विद्यार्थीहरुको माग अनुसार नयाँ पाठ्यक्रम दिननसकीरहेको बताए । उनले विद्यार्थीहरुले नयाँ नयाँ विषय माग गरिरहेको भएपनि विश्वविद्यालयसंग ति विषयका प्राध्यापकहरु नहुदा र पुराना प्राध्यापकहरुको उचित व्यवस्थापन गर्न नसक्दा समस्या भइरहेको बताए । उनले अब चाडै रिक्त रहेका पदपुर्ति गरिने र विश्वविद्यालयका समस्याहरु समाधान गर्दै जाने आश्वसन समेत दिए ।
पूर्वाञ्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा पूर्वाञ्चलभरीका ४५ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा विभिन्न आंगीक क्याम्पसका क्याम्पस प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा परीक्षा केन्द्र र उत्कृष्ट कार्य गर्ने केन्द्राध्यक्षहरुलाइ सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर