AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारीमा पनि प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ चैत्र २०७३, शनिबार १६:५७
3
Shares
विराटनगर, २६ चैत/ सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षा लिन थालिएको छ । अंग्रेजी माध्ययमबाट अध्यापन सुरु भएपछि विद्यार्थीको चाप थेग्न नसकेर प्रवेश परीक्षा लिन थालिएको हो ।
आज पोखरीय उच्च माध्यमिक विद्यालयले आयोजना गरेको प्रवेश परिक्षामा आफना सन्तानलाई लिएर धेरै अभिभावक पुगेका थिए । कक्षा ६ देखि ९ सम्म सिमित सिटमा भर्ना खोलोको पोखरीयाले आयोजना गरेको परिक्षामा साढे चार सय विद्यार्थीहरु सहभागि थिए ।
२०७० साल देखि अंग्रेजी माध्ययमबाट अध्यापन सुरु गरेको पोखरीयामा विद्यार्थीको चाहाना बढि भएपछि प्रवेश परिक्षा गराउनु परेको स्कुलका प्राध्यानाध्यापक खेम भटराई बताउछन् । ‘हामिले २०७० साल देखि नै प्रवेश परीक्षा लिएर विद्यार्थीलाई भर्ना गराउछौ । उनले भने ‘ १०० पूर्णङको परीक्षामा न्यूनतम ४० अंक नल्याउनेले विद्यार्थीले भर्ना पाउदैनन ।’
विद्यार्थी नपुगे पून प्रवेश परीक्षा आयोजना गर्ने बताउदै उनले न्यूनतम ४० अंक ल्याउनु पर्ने बताए । जम्मा दुई सय कोटामा ४ सय ४७ विद्यार्थीहरुले प्रवेश परीक्षा दिएका छन् ।
उनका अनुसार कक्षा ६ को ४० वटा कोटामा ५९ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । त्यस्तै ४० वटा कोटा रहेको कक्षा ७ मा १ सय २, ६० वटा कोटा रहेको कक्षा ८ मा  १ सय ५५ र ६० वटा कोटा रहेको कक्षा ९ मा १ सय ३१ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।
गत बर्ष देखि सुरु प्राविधिक शिक्षा तर्फको कम्यूटर इन्जिनियरिङको प्रवेश परीक्षा २९ गते हुनेछ । अंग्रेजी माध्ययमबाट पठनपाठन हुदा विगका एसएलसी परीक्षाको नतिजा राम्रो भएको र निजी स्कुलको तुलनामा अध्ययन शुल्क कम भएकालेपनि अभिभावकहरुले अध्यापन गराउनु चाहेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर