पूर्वाञ्चल खबर
पूँजीवाद र निजी क्षेत्रलाई अगाडी नल्याए सम्म समाजवादको स्थापना हुन नसक्ने उनको भनाई थियो । ‘देशको आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नु अहिलेको आवश्यकता हो ।’ उनले भने ।
मन्त्री महाराले चालु आर्थिक बर्ष सरकारले पूजीगत खर्च अधिकतम गर्ने बताएका थिए । आर्थिक बर्ष सकिन चार महिना बाँकी छदा सम्म करिव ४५ प्रतिशत हाराहारी पूजीगत खर्च भएको बताउदै उनले विगत बर्षको तुलनामा पूजीगत खर्च बढने बताएका हुन् । आर्थिक बर्ष सकिनै लाग्दा पूजीगत खर्च गर्ने परम्परालाई तोडन नसकेको उनको भनाई छ ।
स्थानीय तहको निर्वाचनमा सरकार जुटको बताउदै उनले चुनाव पछि देशमा आर्थिक क्रान्ती हुने बताए । लामो समय सम्म राजनीतिक क्रान्ती भएको बताउदै उनले अब आर्थिक क्रान्ती हुने बताए । अहिलेको संक्रमणकाल चुनावपछि अन्त्य हुने आर्थिक क्रान्ति सुरु हुने महराको भनई छ ।
व्यापार संघको ६२ औ साधारण सभामा बोल्दै नेपाल उद्योगवाणिज्य महासघंका अध्यक्ष पशुपति मुरारकाले हरेक व्यवसायीमा नैरास्यता छाएको बताए । राज्यका निकायका कारण व्यावसायीहरु व्यापारकति दिन सम्म सञ्चालन हुने हो भन्नेमा चिन्तित रहेको बताए । सरकारी निकायका अधिकृतले १ मिनटमा कुनै पनि उद्योग बन्द गर्न सक्ने बताउदै उनले व्यावसाय तहसनहस हुने चिन्ता रहेको बताउछन् । व्यवसायीले ढुक्क भएर लगानी गर्न पाउने अवस्था नरहेको उनको गुनासो थियो ।
कार्यक्रम मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले पूर्व क्षेत्रको विकासका निम्ती विराटनगर विमानस्थलको विस्तार गर्न आग्रह गरे । विराटनगरमा निर्माणाधिन चक्रपथ सडकको निर्माण, एकीकृत जाँचचौकी ९आइसिपी०, जोगबनी–किमाथाङका सडककालागि पहल गर्न मन्त्री समक्षा आग्रह गरेका थिए ।