विराटनगर, २३ चैत । विराटनगरमा रहेको गौतम बुद्ध मेमोरियल बोर्डिङ स्कूलको आयोजनामा भएको गौतम बुद्ध सिंगीन स्टार सिजन– २ को उपाधि नितेस आलेमगरले जितेका छन् ।
स्कूल परिसरमा आज भएको फाईनल प्रतियोगिताको फस्ट रनरअप रितिक राई भए भने सेकेण्ड रनरअप आयूषा श्रेष्ठ भइन् । उनीहरुले क्रमश स्कूलमा ५० प्रतिशत र ३० प्रतिशत छात्रावृद्धी समेत पाएका छन् ।
उनले चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधिसँगै नितेसले अध्ययन गर्न लाग्ने शुल्क समेत निः शुल्क अध्ययन गर्न पाउने स्कूलका प्रिन्सिपल केशबलालसिंह सुवालले घोषणा गरे ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले गौतम बुद्ध स्कूलले अघिल्लो वर्षदेखि यस्तो प्रतियोगिता निरन्तर गर्दै आएको स्कूलका प्रिन्सिपल सुवालले बताए । उनले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न क्रियाकालपहरु समेत गर्दै आएको जानकारी दिए ।
प्रतियोगिताको निर्णायकमा गायक नितिन गजुरेल रहेका थिए । फाइनलमा पुगेको प्रतियोगीहरुलाई गायक प्रवलदीप विश्वासले लामो समय प्रशिक्षण दिएका थिए ।
सोही अवसरमा स्कूलले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको छ । जसमा वर्षभरीको अनुसासित विद्यार्थी रोनिस तामाङ वेस्ट स्कूल क्याम्पटेन सिमरन यासमिन, कक्षा क्याप्टेन सिम्पल अग्रवाल, सुमन कामत, नियमित सफा भएर नियमित स्कूल आउने प्रियंङ्का शर्मा विद्यार्थीलाई स्कूलले सम्मान गरेको छ ।
प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल सुवाल, हेट टिचर अर्जुन मल्ल ठकुरी, कमल सेन गुप्ता, मार्सन लामा, गायक प्रवलदीप विश्वास लगायले पुरस्कार वितरण गरेका थिए ।