विराटनगर २२ चैत्र / भगवान श्रीरामको जन्मदिनको अबसरमा तीनदिने अष्टयाम संकीर्तन यज्ञ सुरु भएको छ ।
विराटनगर २० दरैया बस्तीमा रहेको श्री १०८ महावीर मन्दिरमा आजदेखि ३ दिन सम्म अष्टयाम संकीर्तन यज्ञ अर्जम सुरु भएको हो । २०५६ सालमा निर्मित मन्दिरमा श्रीराम भगवानको जन्मदिनको पुर्व सध्यामा आव विहान कलश यात्रा समेत निकालिएको कार्यक्रमका युवा संयोजक विक्रम माझीले जानकारी दिए ।
कलश यात्रा मन्दिरको प्राङगणबाट निस्कीएर मुसरी बस्तीहुदै जोगवनी बोडरबाट भटिमोड हुदै तालिमकेन्द हुदै पुन मन्दिरमा विर्सजन गरिएको थियो ।
कलश यात्रामा दक्षिणी भेग रानी बस्ती तथा सिमा पारी जोगवनी देखि समेत करिब ५ हजार सम्म दर्शालुभक्तजनहरुको सहभागिता रहेको मन्दिरका अध्यक्ष आसनारायणले जानकारी दिए ।
अष्टयाम संकीर्तन यज्ञ अर्जम विहीबार सम्म हुने अध्यक्ष यादवले बताए ।