रबिन्द्र बराल
रंगेली, २२ चैत / दलित तथा विपन्न परिवारलाई मारवाडी युवा मञ्च रंगेलीले झुल वितरण गरेको छ ।
मञ्चले रंगेली नगरपालीका वार्ड नं.७ स्थित मुसहर वस्तीका ४० परिवारलाई आज झुल वितरण गरेको हो । गर्मी मौसम संगै लामखुट्टेको प्रकोपबाट विभिन्न रोग सर्न सक्ने हुदा जनस्वास्थ्य लाई ध्यान दिदै झुल वितरण गरिएको युवा मञ्च रंगेलीका अध्यक्ष प्रकाश चिरानीयाले बताए ।
मञ्चले मुसहर बस्तीमै एक कार्यक्रम आयोजना गरी झुल वितरण गरेको थियो । उनिहरुलाई ,मारवाडी राष्ट्रिय युवा मञ्चका केन्द्रीय उपाध्यक्ष बजरङ्ग अग्रवाल, केन्द्रीय सदस्य मनोज अग्रवाल मारवाडी युवा मञ्च रंगेलीका पुर्व अध्यक्ष दिलीप अग्रवाल, महासचिव मनोेज सरावागी, कोषाध्यक्ष राजेश गोल्यान लगायतले झुल हस्तान्तरण गरेका थिए ।